वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दिनलाई लक्षित गरेर लगाइएको नयाँ कर लागू हुने ह्वाइट हाउसले जनाएको छ। मंगलबार यो नीतिको विषयमा निर्णय गर्ने कोर टिमसँग बसेका ट्रम्पले बुधबार साँझबाट करको नीति लागू भएको घोषणा गर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन् ।
यो नीति पछि अमेरिकामा केही असर गर्ने रिपोर्ट प्रकाशित भइसकेका छन् । नयाँ कर नीति लागू भएपछि धेरैले रोजगारी गुमाउने जोखिम छ। यसले हुने व्यापार युद्धका कारण ५५ लाखले रोजगारी गुमाउने तथा बेरोजगारी दर ७.७ प्रतिशतले वृद्धि हुने जनाइएको छ।
अर्थशास्त्री मार्क जान्डीका अनुसार १.७ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा कमी आउने छ। जान्डीले यसले अमेरिकी अर्थतन्त्रमा धेरै असर गर्नसक्ने चेतावनी दिएका छन् । ट्रम्पले यो कर नीति संसारका सबै देशको हकमा नीति लागु हुने बताए।
संवाददाता










