अन्तराष्ट्रिय

गत बर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

गत बर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता
नयाँदिल्ली । भारतको राज्य सभामा कति जनाले भारतीय नागरिकता त्यागेका छन् भन्ने तथ्याङ्क परराष्ट्र मन्त्रालयसँग मागिएको थियो । यसको जवाफमा विदेश मन्त्रालयले गत बिहीबार लिखित रूपमा जानकारी दिएको छ कि गत २०२४ मा मात्रै २ लाख भन्दा बढी भारतीयहरूले आफ्नो नागरिकता त्यागेका छन्। यो संख्या गत वर्षको जस्तै भए पनि अघिल्लो वर्षको तुलनामा केही कम हो । राज्यमन्त्री कीर्तिवर्धन सिंहले भारतीय नागरिकता त्याग्ने सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा राज्यसभामा सबैका अगाडि यो तथ्याङ्क प्रस्तुत...

जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा

जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
टोकियो, ५ साउन । जापानमा प्रधानमन्त्री शिगेरु इसिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र उनका सहयोगीहरूले देशको माथिल्लो सदनमा आफ्नो बहुमत गुमाएका छन्। बहुमत गुमाए पनि तर उनले प्रधानमन्त्री पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् ।   जापानी संसदको माथिल्लो सदनमा कुल २४८ सिट रहेका छन्। इशिबाको गठबन्धनसँग पहिले नै ७५ सिट थियो। बहुमत कायम राख्नका लागि यो निर्वाचनमा कम्तीमा ५० नयाँ सिट आवश्यक भए पनि ४७ सिट मात्रै पाउन सफल भए । जसमध्ये एलडीपीले मात्र ३९ सिट प्राप्त गरेक...

अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु
काठमाडौं, ३१ असार । अमेरिकामा भएको एक कार दुर्घटनामा दुईजना नेपालीको मृत्यु भएको छ । अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थी राजन यादव र रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको एक स्थानीय अनलाइनले जनाएको छ । दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । अमेरिकामा भारी वर्षा आँधीबेहरीको समयमा दुर्घटनामा परेको जनाइएको छ । कार एक रुखमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका दुईजनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

मंगल मिशनका लागि १० अर्ब डलर, १० बुदाँमा जान्नुहोस ट्रम्पको नयाँ कर नीति

मंगल मिशनका लागि १० अर्ब डलर, १० बुदाँमा जान्नुहोस ट्रम्पको नयाँ कर नीति
वासिंगटन डिसी, २४ असार । अमेरिकी राष्ट्रपतिले राष्ट्रिय राजनीतिमा यतिखेर ठूलो जित हासिल गरेका छन् । उनको सपनाको विधेयक अमेरिकी संसदको दुवै सदनबाट पारित भइसकेको छ र जुलाई ४ मा ट्रम्पको हस्ताक्षरले कानुन बन्नेछ । वास्तवमा, अमेरिकी कंग्रेस (हाउस अफ रिप्रिजेन्टेटिभजस्तै) ले एउटा प्रमुख बिल प्याकेज पारित गरेको छ, जसलाई ‘बिग ब्यूटीफुल बिल’भनिएको छ। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो दोस्रो कार्यकालमा सबैभन्दा ठूलो विजय दिएको छ। प्रश्न यो छ कि यस कानूनमा यस्तो के छ कि यसक...

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिना जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिना जेल सजाय
काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण ९आईसीटी० ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ । ढाका ट्रिब्युन अनुसार, अपदस्थ अवामी लिग नेतृ समेत रहेकी हसिनालाई न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले जेल सजाय बुधबार सुनाइएको हो । त्यसैगरी, गाइबान्धाको गोविन्दगञ्जका शाकिल आकन्द बुलबुललाई पनि यसै मुद्दामा २ महिनाको कैद सजाय सुनाइएको छ। हसिनाले ११ महिनाअघि पदत्याग गरी देश...

कतारको भूमिकामा इजरायल–इरान युद्धविराम

कतारको भूमिकामा इजरायल–इरान युद्धविराम
काठमाडौं । इजरायल र इरानबीचको युद्धको १२औं दिन मंगलबार युद्धविराम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम घोषणापछि इजरायल र इरान दुवैले यसलाई स्वीकार गरेको पुष्टि गरेका हुन् । मिडिया रिपोर्टका अनुसार खाडी मुलुक कतारले दुई देशबीच युद्धविराम गराउन महत्वपूर्ण भूमिका खेलेको हो । कतारको मध्यस्थतामा मात्र दुवै देशले आक्रमण रोक्न सहमति जनाए । यसैबीच, युद्धविरामपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गरेका छन् । ने...

इरान र इजरायलबीच युद्धविरामका बीच आक्रमण जारी

इरान र इजरायलबीच युद्धविरामका बीच आक्रमण जारी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार साँझ इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेका थिए । इरानको सरकारी मिडियाले पनि युद्धविराम सम्झौताको पुष्टि गरेको छ । तर, इजरायलबाट हालसम्म कुनै आधिकारिक टिप्पणी आएको छैन । त्यसैले कुन समयबाट युद्धविराम लागु हुन्छ भन्ने स्पष्ट छैन । इरान र इजरायलबीच युद्धविरामको घोषणा भए पनि दुवै देशबीच आक्रमणहरू जारी रहेको सीएनएनले उल्लेख गरेको छ । इजरायलले मंगलबार बिहान इरानबाट धेरै मिसाइलहरू प्रहार भएको पहिचान गरेको बताएको छ । जसमध्य...

इरानद्वारा ट्रम्पको युद्धविराम घोषणा अस्वीकारः इजरायलमा क्षेप्यास्त्र प्रहार, ३ जनाको मृत्यु

इरानद्वारा ट्रम्पको युद्धविराम घोषणा अस्वीकारः इजरायलमा क्षेप्यास्त्र प्रहार, ३ जनाको मृत्यु
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराम घोषणा गरेको करिब ५ घण्टापछि इरानले इजरायलमा ८ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार दक्षिणी शहर बेर्शेबाको एक भवनमा मिसाइल प्रहार भएको थियो । यसमा ३ जनाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको छ । यसअघि इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पले घोषणा गरेको युद्धविरामलाई अस्वीकार गरेका थिए । इरानी विदेशमन्त्री अब्बासले इजरायलसँग अहिलेसम्म कुनै अन्तिम...

उर्जा मन्त्री खड्का चीन प्रस्थान

उर्जा मन्त्री खड्का चीन प्रस्थान
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का चीन प्रस्थान गरेका छन् । साङ्घाई को–अपरेसन अर्गनाइजेसन (एससिओ) ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जा मन्त्री स्तरीय बैठकमा भाग लिन सोमबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। सो बैठकमा विभिन्न देशले गरेका ऊर्जा विकास र आगामी सहकार्यका विविध विषयमा छलफल हुने ऊर्जामन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यही जुन २३ देखि सुरु भएको बैठक जुन २७ तारिखसम्म सञ्चालन हुनेछ। उक्त बैठकमा आयोज...

इजरायल–इरान युद्ध : अमेरिकाले जारी गर्‍यो ट्राभल एडभाइजरी

इजरायल–इरान युद्ध : अमेरिकाले जारी गर्‍यो ट्राभल एडभाइजरी
काठमाडौं । अमेरिकाले विश्वभर यात्रा गर्ने आफ्ना नागरिकहरूका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले धेरै देशहरूमा अमेरिकीहरू विरुद्ध विरोध प्रदर्शन हुनसक्ने भन्दै सतर्क रहन भनेको हो । उसले ट्राभल एडभाइजरी पढेपछि मात्रै आफ्नो यात्राको योजना बनाउन पनि आफ्ना नागरिकलाई आग्रह गरेको छ । इजरायल र इरानबीचको जारी युद्धमा अमेरिकाले आइतबार इरानमा आक्रमण गरेको थियो । जसका कारण मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी गरेको...