काठमाडौं । भाटभटेनी सुपर मार्केटले सुरक्षागार्ड दल कृष्ण प्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ ।
१५ चैत्रमा राजावादीको आन्दोलनका क्रममा कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केटमा लुटपाट गर्न आएकाहरूमाथि प्रतिकार गरी थप क्षति हुनबाट जोगाएको भन्दै सुरक्षा गार्ड पराजुलीलाई ५ लाख १ हजार ११ नगद सहित पुरस्कृत गरिएको हो ।
पराजुलीको योगदानको कदर गर्दै भाटभटेनीले थप पाँच ग्रेड समेत बढुवा गरदिएिको छ । उनीसँगै अन्य सुरक्षागार्डहरूको ग्रेड बढुवा र नगदसहति सम्मान गरेको छ ।
भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङले उनीहरूलाई नगद सहित सम्मान गरेका हुन् ।
भाटभटेनी लुट्न आएकाहरू माथि सुरक्षागार्ड पराजुली प्रतिकारमा उत्रिएको भिडियो सामाजकि सञ्जालमा भाइरल भएको थियो । लुटपाट र तोडफोडबाट ७०/८० लाख जति क्षति भएको भाटभटेनीले जनाएको छ ।
संवाददाता










