काठमाडौं । सिरहाको औरहीलगायत देशभर दलित समुदायमाथि भइरहेको शोषण र दमनविरुद्ध काठमाडौंको माइतीघरमा सडक संम्वाद कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको सभापतित्व संविधानसभा सदस्य विनोद पहाडीले गर्नुभएको थियो भने विभिन्न राजनीतिक दलमा आवद्ध पूर्वमन्त्री, संविधानसभा सदस्यहरुसहित सांसदहरुले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
सो संवाद कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मिन विश्वकर्मा, अर्का पूर्वमन्त्री एवं नेकपा एमाले नेता जितु गौतम, सभासद् एवं माओवादी नेता पर्शुराम रम्तेल, जनता समाजवादी पार्टी कि नेतृ एवं प्रदेश सासद ललिता दास विद्रोही, पूर्व राजदुत एवं दलित अगुवा पदम सुन्दास लगायतको उपस्थिति रहेको थियो ।
राजनीतिक तथा सामाजिक एवं जातीय भेदभावको प्रतिगमन विरुद्ध देशव्यापी रुपमा सामुहिक अभियान थालिने कार्यक्रमा सहभागी सबैले आफ्नो भनाई राखे। सामाजिक न्यायका लागि क्रियाशील विभिन्न संस्थाको आयोजनामा २०८१ चैत्र १९ गते काठमाण्डौको माइतिघरमा सम्पन्न सडक संवाद कार्यक्रमको आयोजना दलित पत्रकार संघ नेपाल केन्द्रीय कमिटि, उपत्यका प्रदेश कमिटि, ओजस्वी मल्टि मिडिया, एडवान नेपाल, जागरण मिडिया सेन्टरको संयुक्त आयोजना र परियार सेवा समाज, समता फाउण्डेशन, साझा कुरियर, साहरा ह्युमन रिसोर्स एण्ड एजुकेशन कन्सल्टेन्सी र रिता परियार फाउण्डेशनको ऐक्यवद्धता रहेको थियो ।
संवाददाता










