बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्यान्डका वरिष्ठ व्यावसायीहरुको भेटवार्ता भएको छ । यस भेटमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरु पनि उपस्थित थिए ।
भेटवार्ताले दुई देशबीचको व्यापारिक र आर्थिक सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्य राखेको छ । भेटवार्तामा दुवै देशका व्यावसायीबीच आपसी सहकार्य र लगानीका अवसरहरुबारे छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणले नेपाल र थाइल्यान्डबीचको कूटनीतिक तथा व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
संवाददाता










