काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन ।

निर्वाचन अधिकृत अंगदमणि गौतमले कोइराला निर्वाचित भइसकेको तर औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको जानकारी दिए ।

उनका अनुसार केहीबेरपछि औपचारिक रुपमा घोषणा गर्ने तयारी रहेको छ ।