काठमाडौं । राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको छ ।

चैत १५ गते भएको तीनकुने घटनाका बारेमा निष्पक्ष न्यायिक छानिबन गर्नुपर्ने माग राखी राप्रपा काठमाडौंले प्रदर्शन गरेको हो ।

राप्रपाले पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायत सम्पूर्णलाई रिहा गर्नसमेत माग गरेको छ ।