प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले लामिछाने सोमबारसम्म प्रहरी हिरासतमा रहने भएका हुन् । ‘दुई दिन सार्वजनिक बिदा भएकाले सोमबारसम्म उहाँ प्रहरी हिरासतमा रहनुहुन्छ, बिदा खुल्ने बितिक्कै पहिला अदालत पेस गरेर मात्रै अनि कारागार पठाउने छौँ ।’ उनले भने ।
सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ भने छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ । सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्नेगरी तयारी भइरहेको कारागार स्रोतले जनाएको छ ।
संवाददाता










