विजय थापा, राष्ट्रवादी युवा नेता”राप्रपा नेपाल
अहिले नेपालमा बुद्धि भएका व्यक्ति पनि बरालिएका छन् । राष्ट्रलाई ठोस दिशा दिन जुन भूमिका उनीहरुको हुनुपर्ने हो, सो देखिँदैन । उनीहरु आ—आफ्नै स्वार्थमा रुमलिरहेका छन्, त्यसैले सबैले आफ्नो स्वार्थ भुलेर उनीहरु राष्ट्र,राष्ट्रियता जोगाउनतिर लाग्नुपर्छ । त्यसको लागि राजासहितको संवादहुनुपर्ने देखिन्छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता थापाले मंगलबार काठमाडौंको बल्खुको खबरदारी सभा शान्ति पूर्ण भएको भन्दै खुसी व्यक्त गरेका छन् । राज्यले धन्न घुषपैठ गर्न सकेन । किनकि प्रर्दशनकारीहरुको चनाखो भएर त्यो अवस्था आएन । राष्ट्रवादी आन्दोलन गर्ने कुनै पनि पार्टी र संगठनलाई सहयोग गर्ने हाम्रो नीति नै हो ।

साथै उनले भने गत १५ गते तीनकुनेमा भएको घटनाबारे पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन गर्न आग्रह गरे । यो पत्ता लगाउनका लागि सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकारवादी, सञ्चारकर्मी लगायत सर्वपक्षीय जाँचबुझ आयोग गठन होस । सरकारलाई यो कुरा भनिसकेका छौं । यो कुरा पूरा होस भन्न चाहन्छु, थापाले भने । हामी राष्ट्रवादी वा राजावादीहरु हिंसा राजनीति कहिल्यै नगरेको उनको जिकिर रहेको छ ।

अहिलेको समस्या समाधान भनेको देशलाई र राष्ट्रहितलाई सम्झिएर मेलमिलापको गर्नुको अर्को विकल्प छैन । अहिले नेपालमा बुद्धि भएका व्यक्ति पनि बरालिएका छन् । राष्ट्रलाई ठोस दिशा दिन जुन भूमिका उनीहरुको हुनुपर्ने हो, सो देखिँदैन । उनीहरु आ—आफ्नै स्वार्थमा रुमलिरहेका छन् । त्यसैले सबैले आफ्नो स्वार्थ भुलेर उनीहरु राष्ट्र, राष्ट्रियता जोगाउनतिर लाग्नुपर्छ । त्यसको लागि राजासहितको संवादहुनुपर्ने देखिन्छ ।

अहिले नेपालमा बुद्धि भएका व्यक्ति पनि बरालिएका छन् । राष्ट्रलाई ठोस दिशा दिन जुन भूमिका उनीहरुको हुनुपर्ने हो, सो देखिँदैन । उनीहरु आ—आफ्नै स्वार्थमा रुमलिरहेका छन्, त्यसैले सबैले आफ्नो स्वार्थ भुलेर उनीहरु राष्ट्र,राष्ट्रियता जोगाउनतिर लाग्नुपर्छ । त्यसको लागि राजासहितको संवादहुनुपर्ने देखिन्छ ।

गत चैत्र १५ गतेको आन्दोेलनको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने युवा नेता विजय थापाको भनाई रहेको छ । हिजोका दिनमा २००७ सालदेखि नै अन्य राजनीतिक परिवर्तनको नाममा जनता मार्ने काम गरे तर जिम्मेवारी लिएनन् । गत साताको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको कुनै संलग्नता नभएको भएपनि जिम्मेवारी लिनुपर्छ भन्नु गलत छ । उक्त आन्दोलन राजाको नभई देशभक्त र राष्ट्रवादीहरुको आन्दोलन हो” उनले भने ।

थप कुराकानीमा उनले भने २०४७ को संविधान नै आजको राजनीतिक निकास हो । जहाँ देश, जनता, पार्टी र राजा सबै अट्न सक्छन् । यो व्यवस्थाले देश र जनतामा कुनै परिवर्तन ल्याउन सकेन । देशलाई बचाउनको लागि एकिकृत आन्दोलनको विकल्प छैन । यो व्यवस्था ढाल्नैपर्छ । सम्पूर्ण देशभक्त राष्ट्रवादी शक्तिहरु एकजुट भएर आन्दोलनमा जानुको विकल्प छैन । हामी कथित गणतन्त्रवादीहरुको धम्कीले डराउँदैनौ ।

हामीले राजा मात्र ल्याउने भनेका छैनौ । राजनीतिक स्थायित्व, देश विकास र जनताको लागि गाँस, वास, कपास र शिक्षा स्वास्थ्य, रोजगारको एथेष्ट ग्यारेन्टी हुने गरि काम गर्ने शर्तमा हो । मैले पहिले देखि नै भन्दै आएको छु कि पुरानो पुराना ढोकेपोकेबाट भने राजा बच्नैपर्छ ।