काठमाडौं । रामेछापबाट लुक्लाका लागि उडेको जहाजमा समस्या देखिएपछि काठमाडौं ल्याएर अवतरण गरिएको छ ।

लुक्लाका लागि उडेको सीता एयरको जहाजमा समस्या देखिएको हो ।

जहाजलाई अवतरण गराउने क्रममा त्रिभुवन विमानस्थलमा केही समय उडान र अवतरण रोक्नु परेको थियो ।

विमानमा हायड्रोलिक समस्या देखिएको बताइएको छ । विमान सकुशल अवतरणपछि ट्रयाक्टरले तानेर पार्किङमा लगेर राखिएको हो ।