काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले देशको प्रशासनिक निकाय सिंहदरबारभित्रै प्लेकार्ड प्रदर्शन गरेका छन् । पार्टी अध्यक्ष समेत रहेका संसदीय दलका नेता राजेन्द्र लिङदेनको नेतृत्वमा राप्रपाका सात सांसदले सिंहदरबारस्थित सहरी विकास मन्त्रालयअगाडिको सडकमा प्लेकार्ड प्रदर्शन गरेर निषेधाज्ञाको विरोध गरेका हुन् । उनीहरूका प्लेकार्ड खोसेर प्रहरीले च्यातिदिएको छ ।
यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसअघि उनीहरु राप्रपा संसदीय दलको कार्यालयमा जम्मा भएका थिए ।
उनीहरुले सिंहरदरबारभित्रैबाट नाराबाजी गर्दै अघि बढेका थिए । प्रहरीले निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै गिरफ्तार गरेको जनाएको छ । तर राप्रपाका कार्यकर्ताहरु भने बानेश्वर क्षेत्रमा प्रदर्शनमा रहेका छन् । लिङ्देनको नेतृत्वमा राप्रपाका सात सांसदले सिंहदरबारस्थित सहरी विकास मन्त्रालयअगाडिको सडकमा प्लेकार्ड प्रदर्शन गरेर निषेधाज्ञाको विरोध गरेका थिए ।
प्लेकार्ड खोसेर प्रहरीले च्यातिदिएको छ । यसअघि राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आफूसहितलाई सिंहदरबारस्थिति संसदीय दलको कार्यालयमा नै प्रहरीले बन्दी बनाएको बताएका थिए । तर, केहीबेरमा राप्रपा सांसदहरूले सिंहदरवारमै प्रदर्शन गरे ।
प्रदर्शनका क्रममा प्लेकार्ड खोसेर उनीहरूलाई प्रहरीले छोडिदिएको छ । उनीहरू मिडियासँग कुरा गर्दै दक्षीण गेटबाट बाहिरिएका छन् । बाहिरिएपछि उनीहरूले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारबाजी गरेका थिए । नाराबाजी गरेपछि सिंहदरबार बाहिर उनीहरू पक्राउ परेका हुन् ।
संवाददाता










