काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिएका छन् । सिहदबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीसहित राप्रपाका ३ नेतालाई सिंहदरबाट गेटबाट नियन्त्रणमा लिएको थियो ।

पक्राउपरेपछि संवाददाताहरुलाई प्रतिक्रिया दिँदै लिङ्देनले निरंकुश सरकारले यस्तै गर्ने भन्दै आफूले अच्चम नमानेको बताए । उनले भने, ‘निरंकुश सरकारले गर्ने यही काम हो । यसमा हामीले अचम्म मान्नुपर्ने कुरै छैन । हामीले यसलाई अच्चमा मानेका छैनौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेता पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शन गरेपछि लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

संसदीय दलको कार्यालयमा बैठक सकेर निस्केपछि उनीहरुले पम्प्लेट लिएर प्रदर्शन गरेका थिए । सुरुमा दलको कार्यालयमा काम छ भनी छिरेका उनीहरू केहीबेरमा प्रदर्शन गर्दै निस्केपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरू पक्राउ परिसकेको र आफूहरूले बिजुलीबजारमा प्रदर्शन जारी राखेको राप्रपा सांसद दीपकबहादुर सिंहले बताए । जनताको आवाज दबाउन राज्य लागिपरेकोु उनले बताए ।

आज राप्रपाले काठमाडौंमा प्रदर्शन जारी राखेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । प्रदर्शनकारीले प्रहरी घेरा तोड्ने प्रयाससमेत गरेका थिए । राप्रपाले राजतन्त्र पुनस्स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।