काठमाडौं । क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ।

आज नेपाल क्रिकेट संघ (क्यान)ले उनीमाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।

उनीमाथि २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौंमा क्यानले आयोजना गरेको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगितामा स्पष्ट फिकिसङ गरेको आरोप लागेको थियो ।

आरोप लागे लगत्तै उनी पक्राउ परेका थिए भने प्रतिबन्ध पनि लगाइएको थियो । तर अदालतले उनलाई सफाइ दिइसकेको छ ।