काठमाडौं, २३ बैशाख । पार्टी संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्ति पार्टीले माग गरेको छ । आजको प्रतिनिधिसभा बैठकमा सांसद एवम् पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।
“यस घटनाको गहिरो अध्ययन होस्, यहाँ केवल एक जनाको गिरफ्तारीमात्रै होइनन् ।
संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ,” उनले भनिन्, “वैशाख १७ गते भएको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस् । रेशम चौधरीज्यूप्रति भएको व्यवहारको सार्वजनिक जवाफ देओस् । हामी जवाफको प्रतीक्षामा छौँ ।”
संवाददाता










