सञ्जय मिश्रा, रौतहट ३१ जेठ । नेपाल भारत सीमा संयुक्त समन्वय समिति (Border District Coordination Committee – BDCC) को नियमित बैठक शुक्रबार साँझ सर्लाहीको हरिवनमा संपन्न भएको छ । नेपाल भारत सुरक्षा अधिकारीको दुईपक्षीय बैठकमा अपराध नियन्त्रणमा शुन्य सहनशीलताको सहमती भएको हो।
सर्लाहीका सिडियो तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।दुईपक्षीय बैठकमा सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप ,
लागुऔषध, अबैध हातहतियार कारोबार, तथा मदिराजन्य पदार्थको तस्करी नियन्त्रण गर्न सहमती भएको बैठकमा सहभागी रौतहटका सिडियो बिनोद कुमार खडकाले न्युज कारखानालाई बताएका छन् ।
एक देशमा अपराध गरी अर्को तर्फ लुकेर बसेका अपराधी लाई पक्राउ गर्न सूचनाको आदानप्रदान संगै प्रत्यक्ष सहयोग गर्ने सहमती भएको थियो । त्यसैगरी बिदेशी घुसपैठ माथी पूर्ण निगरानी, दशगज्जा देखी सीमाक्षेत्रको सुरक्षा माथी बिशेष जोर दिइएको थियो ।
वर्षायाममा रौतहट स्थित बागमती र लालबकैया नदीमा पानीको सतह बढेपछि गौरलाई डुबानबाट जोगाउन भारत बैरगनिया स्थित नदीको साईफन ( ढोका) खोल्ने सहमती भएको सिडियो खडकाले जानकारी दिएका छन्। दुईपक्षीय बैठकमा सर्लाही, महोत्तरी , रौतहट तथा भारत (विहार) को सितामढी जिल्लाका सुरक्षा अधिकारीको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
संवाददाता










