काठमाडौं । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर तयार भएको छ । जसमा सरकारले प्राथमिकता दिएको भनिएको विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयक अगाडि बढाउने कार्यसूची समावेश छैन ।
निजामती सेवा विधेयक प्रतिनिधि सभामै पुगेर अड्किएको छ । विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ ।
बिहीबार बैठक बस्दैछ । कार्यसूचीमा निजामती विधेयक छैन । असार १५ गते सम्मको पाक्षिक क्यालेन्डरमा समेत यो विधेयक अगाडि बढाउने विषय समावेश हुन नसकेको हो ।
विद्यालय शिक्षा विधेयक पनि प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा परेको छैन । असार १५ गते सम्म विधेयक पारित गर्ने सरकारकै प्रतिबद्धता छ । तर, त्यसबेलासम्मको क्यालेन्डरमा यो विषय पर्न नसकेको हो ।
संवाददाता










