काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूलाई पुरानै जिम्मेवारी दिएका छन् । केही समयअघि बालेनले चार वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई वडाध्यक्षहरूलाई विभिन्न समितिको संयोजकको जिम्मेवारी दिएका थिए ।
गैरकानुनी रूपमा मेयरले आफूहरूलाई जिम्मेवारीबाट हटाएको भन्दै वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विरोध गरेका थिए । वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितिको संयोजकबाट हटाएर वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिलाई दिइएको छ ।
वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी सुशासन समितिको जिम्मेवारीबाट हटाएर वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई तोकेका थिए । तर मेयर बालेनले अहिले वडाध्यक्षहरूलाई पुनस् सोही जिम्मेवारीमा फर्काएका हुन् ।
यसअघि वडा नम्बर ८ का अध्यक्ष आशामान संगत सम्पदा तथा पर्यटन समितिका संयोजक थिए । उक्त समितिको संयोजक वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी बनाइएको थियो । वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन विधायन समितिको संयोजक थिए। उक्त समितिको नयाँ संयोजक वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठलाई तोकिएको थियो ।
सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जिम्मेवारीमा फर्काइएको सूचना पाएता पनि पत्र प्राप्त नभएको बताए । जिम्मेवारीमा फर्काइएको भन्ने छ तर पत्र प्राप्त भइसकेको छैन,ु उनले भने ।
संवाददाता










