काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले भ्रष्टाचार मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधवकुमार नेपालविरूद्व मुख खोलेकी छिन् । उनले अभियोग खेपिरहेका नेपाललाई अध्यक्ष बनाएर अगाडि बढ्न नसकिने स्पष्ट पारेकी हुन् ।

एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई सम्बोधन गर्दै उनले अर्ली महाधिवेशन गरेर अध्यक्ष फेर्नुपर्ने प्रस्ताव राखेकी छन् । उनले भनिन्, ‘पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ?,उनले भनिन्,’पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने हो ।

संकट आयो भनेर भाग्ने भनेको होइन । अब अर्ली महाधिवेशन गरौँ । कानुनी संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । कयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’