काठमाडौंं । संघीय निजामती सेवा विधेयकमाथि प्रतिनिधि सभामा छलफल सुरु भएको छ ।
प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा दफाबार छलफल गरेर प्रतिवेदसहित पारित भएको विधेयक समितिका सभापति रामहरी खतिवडाले संसदमा पेश गरेका छन् ।
पेश गरेको विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आतइबार छलफलका लागि पेश गरेपछि उक्त विधेयकमाथीको छलफल सुरु भएको हो ।
छलफलको सुरुमा माओवादी सांसद एवम संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, पूर्वमन्त्री जनार्दन शर्माले विधेयकमाथीको आफ्नो धारणा राखेका छन् भने अहिले नेपाली काँग्रेसका सांसद कान्तिका सेजुवालले धारणा राखिरहेकी छन् ।
प्रतिनिधि सभाको कार्यसूची अनुसार आइतबारकै बैठकबाट पारित गर्ने तयारी रहेको छ ।
संवाददाता










