काठमाडौं । सांसद प्रभु साहले सरकारले संसदबाट पारित गर्न खोजेको निजामती विधयेकलाई ‘गरिबमारा’ संज्ञा दिँदै संसदको रोष्ट्रमबाटै च्यातेका छन् ।
यो विधेयक पारित भयो भने देशमा आगो बल्ने उनले चेतावनी दिए ।
आज संसद बैठकमा बोल्दै साहले यस्तो चेतावनी दिएका हुन् । यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने दाबी गरे ।
साहले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा अयोग बल्छ ।
गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन । यो आयो भने गरिबका लागि कालो दिन हुन्छ ।
यसका मतियारलाई गरिबले कहिल्यै माफी दिने छैनन् ।’
संवाददाता










