काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
यसैगरी उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । मन्त्री पौडेलले “निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
यस्तै अर्थमन्त्री पौडेलले “निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २००१ माथिको दफावार छलफल सदनमा गरियोस“ भन्ने प्रस्ताव प्रस्तुत गर्न र उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
यसैगरी मन्त्री पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस” भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ ।
संवाददाता










