पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान
काठमाडौं । डा. सुवर्ण पौडेल पाइल्स मुक्त नेपाल अभियानमा छन्। उनको अभियानले कति मानिसलाई छुन सक्ला? आफ्नै ठाउँमा छ। तर, हजारौं व्यक्ति उनको अभियान र सेवाबाट लाभ लिइरहेका छन्।
पौडेलको जन्मघर पर्वतको कुस्मा हो। उनले दश कक्षासम्मको शिक्षा त्यही हासिल गरे। उनमा सानैदेखि आर्युवेदमा रुचि थियो। एसएलसीपछि आयुर्वेद हेल्थ असिस्टेन्ट (कविराज) अध्ययन गर्न पोखरा पुगे। र, उनले त्यहीबाट तीन वर्षे कोर्ष पूरा गरे।
संस्कृत पढेका सुवर्णका पिता नेपाली विषयका शिक्षक थिए। उनको चाहना छोराले सं...









