अर्थ

२९ गतेदेखि साटिने दसैँका लागि नयाँ नोट

२९ गतेदेखि साटिने दसैँका लागि नयाँ नोट
काठमाडौं । दसैँका लागि नयाँ नोट (सुकिला नोट) यही भदौ २९ गतेदेखि साट्न पाइनेछ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सहटी गर्न सकिनेछ । यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्...

आजको अमेरिकी डलरको मूल्य घट्यो, युरो बढ्यो

आजको अमेरिकी डलरको मूल्य घट्यो, युरो बढ्यो
अमेरिकी डलरको मूल्य आज घटेको छ । तर युरो भने बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर आज १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा थियो । यसैगरी युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ । हिजो युरो एकको खरिदर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा थियो । आज युके पा...

बैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवाः श्रममन्त्री भण्डारी

बैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवाः श्रममन्त्री भण्डारी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रविधिको प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू उचित सूचनाको अभावमा समस्यामा पर्ने गरेको उल्लेख गर्दै, प्रविधिमा आधारित बहुभाषिक एआई च्याटबोटले यस समस्याको समाधान गर्न सक्न...

सुनको मुल्यमा गिरावट, १ लाख ९३ हजार ६ सयमा कारोबार हुने

सुनको मुल्यमा गिरावट, १ लाख ९३ हजार ६ सयमा कारोबार हुने
काठमाडौं, ११ साउन । आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।   सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।   उता, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटन गएको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ । जसअनुसार चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।   जबकी अघिल्लो दिन चाँदी प्रतितोला द...

देशभर ५९ प्रतिशत मात्र रोपाइँ

देशभर ५९ प्रतिशत मात्र रोपाइँ
काठमाडौं, ३० असार । देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमि आएको हो । प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ । सुदूरपश्चिम प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको जनाइएको छ । कर्णाली प्रदेशमा ६४ हजार हेक्टरमा रोपाइँ सकिएको छ । यहाँ ८३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी...

लचिलो मौद्रिक नीतिः के के कुरामा भयो परिवर्तन ?

लचिलो मौद्रिक नीतिः के के कुरामा भयो परिवर्तन ?
काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आज नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको यो मौद्रिक नीति पहिलो हो । उनी गभर्नर बनेपछि आज आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले कसेका नीतिलाई पौडेले खुकुलो बताएका छन् । घर कर्जाको सीमा वृद्धिदेखि सेयर कर्जा धितोको पनि सीमा वृद्धि गरेको छ । भने, ब्याजदर करिडोरको सीमा पनि नयाँ मौद्रिक नीतिले घटाएको छ । कृषि र साना व्यवसायमा विशेष प...

प्राधिकरणका निर्देशक शाक्यले सार्वजनिक गरे १०० दिने कार्यप्रगति

प्राधिकरणका निर्देशक शाक्यले सार्वजनिक गरे १०० दिने कार्यप्रगति
काठमाडौं, असार २४ । नेपाल विद्युत प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेको सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् ।मंगलबार उनले आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै प्रसारण लाइन तथा सवस्टेशन निर्माणमा क्रमशः १०४ सर्किट किमी र ३६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किमीको प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको जानकारी गराए । उनले भने, ‘प्रसारण लाइन (क्षमता अभिवृद्धि समेत गर...

देशको व्यापार घाटा झण्डै १४ खर्ब पुग्यो

देशको व्यापार घाटा झण्डै १४ खर्ब पुग्यो
काठमाडौं, २४ असार । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा झण्डै रु १४ खर्ब बराबर पुगेको हो । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६।३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ९७ अर्ब २३ करोड बराबर पुगेको छ । कुल वस्तु आयात १३ दशमलव एक प्रतिशतले वृद्धि भई रु १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आयातमा एक दशमलव आठ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अ...

आज देखी कुखुराको चल्ला उत्पादन र बिक्रीबितरण नगरिने

आज देखी कुखुराको चल्ला उत्पादन र बिक्रीबितरण नगरिने
काठमाडौं, २३ असार । नेपाल ह्याचरी उद्योग संघले आजवाट कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरण नगर्ने भएको छ । गत शुक्रबार बसेको संघको भेलाले २३ असारदेखि २९ असारसम्मका लागि संघमा आवद्ध उद्योगीलाई बोइलर र कोइलर कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो । पछिल्लो समय चल्ला उत्पादक किसानलाई समस्या परेको र लागत अनुसार मूल्य नपाएको भन्दै उक्त बाध्यकारी निर्णय गर्नु परेको संघको भनाइ रहेको छ। सो संघ महासचिव ज्ञानबहादुर विसुरालले ह्याचरी व्यवसायमा...

१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई सरकारको स्वीकृति

१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई सरकारको स्वीकृति
काठमाडौं, २० असार । सरकारले दश अर्ब ऋण लिन नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । अर्थ मन्त्रालयले अल्पकालीन ऋण लिने प्राधिकरणको प्रस्ताव स्वीकृत गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पद सम्हाले लगत्तै प्राधिकरण ऋण लिनुपर्ने अवस्थामा रहेको बताउँदै दश अर्ब ऋण लिन लागेको जानकारी दिएका थिए ।