अर्थ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ ५० पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयांक एकको खरिददर १६३ रुपैयाँ ११ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर ...

धुलिखेल अस्पताल ट्रमालाई जापानले ५७ करोड ३० लाख येन अनुदान दिने

धुलिखेल अस्पताल ट्रमालाई जापानले ५७ करोड ३० लाख येन अनुदान दिने
काठमाडौं । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ । यस अघि सन् २०२३ अक...

काठमाडौंमा हावाहुरीसहित पानी, विमान उडान–अवतरणमा समस्या

काठमाडौंमा हावाहुरीसहित पानी, विमान उडान–अवतरणमा समस्या
काठमाडौं । हावाहुरीका कारण काठमाडौं उपत्यकामा विमान उडान र अवतरणमा समस्या भएको छ ।  मौसम प्रतिकूल बन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार साँझ उडान र अवतरणमा समस्या भएको हो । शुक्रबार साँझ काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, हावाहुरीले गर्दा उडान र अवतरणमा समस्या भएको छ । भिजिबिलिटी समस्याले गर्दा काठमाडौंबाट उड्ने र अवतरणमा समस्या भएको उनले बताए । केही जहाज आकासमा ह...

प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य

प्राविधिक समस्याले बिजुली गएको हो, लोडसेडिङको भ्रममा नपरौँ : हितेन्द्रदेव शाक्य
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध देखिएको बताएका छन् । शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा पत्रकार सम्मेलन गर्दै शाक्यले हावाहुरीका कारण प्रसारणलाइनमा समस्या आउँदा बिजुली आपूर्तिमा अवरोध देखिएको बताए । उनले बिहीबार बेलुकी ढल्केवर–मुजफ्फरपुर ४०० केभी डबल सर्किटलाइनमा हावाहुरीका कारण समस्या देखिएकाले काठमाडौंसहित केही स्थानमा बिजुली आपूर्ति हुन नसेकेको बताए । भारतको लाइनमार्...

११ गतेदेखि गण्डकीको बजेट अधिवेशन, भोलिपल्टै बजेटको सिद्धान्त पेश

११ गतेदेखि गण्डकीको बजेट अधिवेशन, भोलिपल्टै बजेटको सिद्धान्त पेश
पोखरा । जेठ ११ गतेबाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन सुरु हुने भएको छ । चैत २६ गते सातौं अधिवेशन सकिएको थियो । सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगाडि नै संसदमा बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गर्नुपर्ने भएकाले पनि ११ गतेबाट आठौं अधिवेशन बोलाउने निर्णय सरकारले गरेको हो । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. टकराज गुरुङका अनुसार १२ गते सभामा बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने तयारी छ । प्रदेश सरकारले मन्त्रालयहरुलाई सिलिङ लिएर अहिले बजेट निर्माणको काम गरिरहेको ...

विश्व पौडेलविरुद्धको रिट सर्वोच्च प्रशासनबाट दरपिठ

विश्व पौडेलविरुद्धको रिट सर्वोच्च प्रशासनबाट दरपिठ
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । सिफारिस समितिबाट राजीनामा दिएसँगै पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए । बुधबार र बिहीबार दर्ता नभएको रिट शुक्रबार सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपिठ गरिदिएका हुन् । पौडेलको नाम सिफारिस समितिले प्रस्ताव नगरेको, उनको राजीनामा सार्वजनिक सरोकारको विषय भएकोबारे रिटकर्ताले खुलाउन नसकेकोसहित कारण दिएर सर्वो...

एकैपटक ३ हजारले बढयो सुनको मुल्य

एकैपटक ३ हजारले बढयो सुनको मुल्य
काठमाडौं । आज सुनको मुल्यमा एकैपटक ३ हजार रूपैयाँले बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार रूपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको  छ। हिजो तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उता, चाँदीको मूल्य पनि केही मात्रामा बढेको छ । हिजो १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अमेरिकी डलरको मूल्य बढ्दा मलेसियन रिंगेटको भाउ कति छ ?

अमेरिकी डलरको मूल्य बढ्दा मलेसियन रिंगेटको भाउ कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ १४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ७४ पैसा रहेकोमा आज प्रतिडलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा तथा बिक्रीदर १३७ रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रुपैय...

आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौंमा

आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौंमा
काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरु हुने संवाद कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुनेछ । परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाका अनुसार सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै स...

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो । घटेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा क्रमशः १५६ र १४१ तथा बाँकी ठाउँमा १५४.५० र १३९.५० कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।