अर्थ

विकास साझेदारहरूसँग अर्थमन्त्रीले गरे बजेट छलफल

विकास साझेदारहरूसँग अर्थमन्त्रीले गरे बजेट छलफल
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्त्व दिने बताएका छन्। “केही समय अघिदेखि आर्थिक सुधार थालेका छौँ। त्यसबाट सकारात्मक नतिजाहरु पाइरहेका छौँ। आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्त्व दिनेछौँ’, आगामी बजेटबारे विकास साझेदारहरुसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘अध्यादेशबाट गरिएका कानुन संशोधनहरु, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावहरु, विभिन्न नीति तथा निर्णयहरु नीतिगत सुधारका महत्वपूर्ण पक्षहरु हुन् ।...

सुनको मूल्य घट्यो, चाँदीको भने सामान्य वृद्धि

सुनको मूल्य घट्यो, चाँदीको भने सामान्य वृद्धि
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँमा कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८६ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । यससँगै सोमबार १९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा १९ सय ७० रुपैयाँ कायम भएको हो ।

भैरहवा विमानस्थल भ्रष्टाचार प्रकरणः किसानसँग विघाको ३ लाखमा जग्गा किनेर ४ करोडमा राज्यलाई बिक्री गरिएको प्रेम आलेको दाबी

भैरहवा विमानस्थल भ्रष्टाचार प्रकरणः किसानसँग विघाको ३ लाखमा जग्गा किनेर ४ करोडमा राज्यलाई बिक्री गरिएको प्रेम आलेको दाबी
काठमाडौं, ३० वैशाख । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व मन्त्री प्रेम आलेले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिकरण प्रकरणमा व्यापक भ्रष्टाचार भएको दाबी गरेका छन् ।  उनले भैरहवा विमानस्थलको लागि अधिकरण गरिएको ४ सय विघा जग्गा किसानसँग प्रतिविघा ३ लाखमा खरिद गरेर विचौलियाहरुले सरकारलाई प्रतिविघा ४ करोड रुपैयाँमा विक्री गरिएको बताएका हुन् । ‘यहाँका किसानहरुसित अघिल्लो पटक म आएर बुझ्दाखेरी ३ लाख रुपैयाँ विघामा विचौलियाले खरिद गरेको र ४ करोड रुपैँयामा सरकारलाई बि...

आज कालीमाटीमा कुन तरकारीलाई कति ?

आज कालीमाटीमा कुन तरकारीलाई कति ?
काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रत...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ २७ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४० पैसा र बिक्रीदर १८० रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रूपैयाँ आठ पैस...

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी

आतंकवादी हमला भए कडा प्रतिकार गर्ने मोदीको चेतावनी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतविरुद्ध हुने कुनै पनि आतंकवादी हमलाको कडा प्रतिकार गरिने बताएका छन् । पाकिस्तानसँग चारदिने सैन्य टकराब अन्त्य भएपछि राष्ट्रका नाममा सोमबार राति सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको हवाई आक्रमण र प्रत्याक्रमणको श्रृखंला र दुवै पक्षबीच सीमापार भारी गोलाबारीपछि पहिलो पटक जनतालाई सम्बोधन गर्दै मोदीले भने, ‘यो युद्धको युग होइन । तर, यो आतंकको युग पनि होइन ।’ भारत नियन्त्रित कश्...

अमेरिका र चीन एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत

अमेरिका र चीन एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत
काठमाडौं । अमेरिका र चीन एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत भएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुवै देशले आगामी ९० दिनको लागि आफ्नो पारस्परिक कर ११५ प्रतिशतले घटाउने बताएका हुन् । स्विट्जरल्याण्डमा भन्सार शुल्कको बारेमा अमेरिका र चीनबिच वार्ता भएको थियो । त्यो छलफलपछि सोमबार यो सम्झौताको घोषणा गरिएको हो । छलफलपछि बेसेन्टले वार्तालापलाई ‘उत्पादक र रचनात्मक’ भनेर वर्णन गरे । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानहरूमा भारी कर लग...

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः जम्मा चारवटा सामाजिक सञ्जाल मात्रै सूचिकृत

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः जम्मा चारवटा सामाजिक सञ्जाल मात्रै सूचिकृत
काठमाडौं । मुलुककै ठूलो दल नेपाली काँग्रेस– नेकपा एमाले नेतृत्वको सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरुलाई सूचिकरण हुन पटकपटक पत्राचार गरेपनि उनीहरुले अटेर गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाअनुसार अहिलेसम्म चार वटामात्रै सामाजिक सञ्जाल सूचिकृत भएका छन् । नेपालमा ४० वटा भन्दा बढी सामाजिक सञ्जाल सञ्चालित छन् । सूचिकृत हुनेमा भाइबर, विइटक, टिकटक, निम्बज नेपालको कानूनअनुसार सूचिकृत भएको छ भने मेटा अन्तर्गत फेसबुक, इन्स्टाग्राम, थ्रेडस सूचिकरण भएको छै...

आज कतिमा हुँदैछ सुनको कारोबार ?

आज कतिमा हुँदैछ सुनको कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । यससँगै आइतबार १९ सय ७० कायम भएको चाँदीको मूल्य सोमबार प्रतितोला १९ सय ६० रुपै...

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्बजनिक गरिने
काठमाडौं । स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । जेनेभामा दुई दिने वार्तापछि दुई देशबीच यो सम्झौता भएको हो । यो चीनसँग चलिरहेको व्यापार युद्धको बीचमा राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि ठूलो जीत मानिएको छ। ह्वाइट हाउसले मे ११ मा एक विज्ञप्तिमा चीन व्यापार सम्झौताको घोषणा गर्‍यो। यद्यपि ह्वाइट हाउसले यसको विवरण दिएको छैन। चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले सोमबार जेनेभामा संयुक्त वक्तव्य जारी गर्ने बताए। यसै क्रममा उप वाणिज्य मन्त्री ...