शुभम गिलको आम्दानी २ करोड बढेर अब ७ कराेड हुने पक्का
काठमाडौं । भारतीय क्रिकेटका उदीयमान स्टार शुभमन गिललाई बीसीसीआईले हिजो ठूलो जिम्मेवारी दियो । उनलाई हिजो टेस्ट टिमको नयाँ कप्तान बनाएर ठुलो जिम्मेवारी दिएको हो । उनले इंग्ल्यान्ड भ्रमणका लागि टीम इन्डियाको नेतृत्व सम्हाल्ने छन्, जहाँ दुई टोलीबीच ५ वटा टेस्ट खेल हुनेछन्।
विश्व टेस्ट च्याम्पियनसिप २०२५–२७ चक्र यस शृङ्खलाबाट सुरु हुनेछ। यस्तो अवस्थामा जिम्मेवारीसँगै शुभमन गिलको आम्दानी पनि बढ्ने् जनाइएको छ। उनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विशेष उपहार पनि दिन सक्ने भारत...









