सूचना प्रविधि

आज बाढीको जोखिम उच्च यी नदीहरूमा

आज बाढीको जोखिम उच्च यी नदीहरूमा
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने जानकारी दिएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाहरूमा साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने तथा सोझै बाढी आउन सक्ने उच्च सम्भावना रहेको छ। यस्तै, दोलखा, काठमाडौँ, भक्तपुर, ललितपुर र आसपासका जिल्लाहरूमा मध्यम जोखिम रहेको छ। कोशी, नारायणी, बागमती, कमला, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी...

बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध

बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध
बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२  राक्सेमा  पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी, बाढीका कारण गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलाको बाढीले सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र थापाले...

जेठ १५ गतेको राजावादीको प्रदर्शन हाई अलर्टमा रहन आईजीपीको निर्देशन

जेठ १५ गतेको राजावादीको प्रदर्शन हाई अलर्टमा रहन आईजीपीको निर्देशन
काठमाडौं । जेठ १५ गतेको राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै हाई अलर्टमा रहन प्रहरी महानिरीक्षक दिपक थापाले निर्देशन दिएका छन् । आज बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइ अलर्ट निर्देशन दिएका हुन् । थापाले भने, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोला ।’ उनले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि...

शिक्षकहरूको सडक आन्दोलन १६औँ दिन थप आक्रमक बन्दै तर सरकार गम्भिर बनेन

शिक्षकहरूको सडक आन्दोलन १६औँ दिन थप आक्रमक बन्दै तर सरकार गम्भिर बनेन
काठमाडौं । शिक्षकहरूले १६ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रमक हुँदै गइरहेको छ । जसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको हो । नयाँ शैक्षिक सत्रको सुरु भएपनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ । १६ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन विहीबार पनि जारी राखेका छन् । बिहीबार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु...

बिक्री भयो ट्विटरको आइकनिक ‘निली चरी’, मूल्य कति ?

बिक्री भयो ट्विटरको आइकनिक ‘निली चरी’, मूल्य कति ?
ट्विटरको चर्चित ‘नीली चरी’ लोगो ३४,३७५ अमेरिकी डलर (झण्डै ४७ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ।  ट्विटरको लामो समयदेखि पहिचान थियो- ‘निली चरी’ लोगो । इलोन मस्कले यसको कम्पनी खरिद गरेपछि ठूलो लोगो लगायत अन्य नीतिहरूमा पनि परिवर्तन आयो। मस्कले ट्विटरको नाम परिवर्तन गर्दै यसलाई ‘एक्स’ बनाएका थिए। त्यसपछि, अमेरिकाको सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा रहेको यो आइकनिक लोगो लिलामीमा राखियो। करिब २५४ किलो तौलको र १२ फिट लामो तथा ९ फिट चौडाइ रहेको यो लोगोको खरिदकर्ताब...

फेसबुक, एक्सलाई सूचीकरण हुन मन्त्रालयले दियो १ महिना, नभए नेपालमा प्रतिबन्ध लगाउने चेतावनी

फेसबुक, एक्सलाई सूचीकरण हुन मन्त्रालयले दियो १ महिना, नभए नेपालमा प्रतिबन्ध लगाउने चेतावनी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मेटा, एक्सलगायतलाई एक महिनाभित्र सूचीकरण हुन भनेको छ । हालसम्म ३ वटा कम्पनी मात्रै सूचीकरण भएको उल्लेख गर्दै मन्त्रालयले ती कम्पनीलाई १ महिनाभित्र नेपालमा सूचीकरण हुन सूचना जारी गरेको हो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सूचीकरण हुनुपर्...

निजी अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

निजी अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण
काठमाडौं । अन्तरिक्षमा लामो यात्रापछि एक अमेरिकी कम्पनी साहसी चन्द्रमामा अवतरण गरेको छ । यसको अन्तरिक्ष यान सफल भएपछि यो उपलब्धि हासिल गर्ने दोस्रो निजी अवतरणकर्ता बनेको छ । फायरफ्लाई एरोस्पेसको ब्लु घोस्ट मिशन १ ले आइतबार बिहान ३ः३४ बजे अमेरिकी पूर्वी समय (०८३४ जिएमटी) भन्दा अघि अवतरण गर्ने लक्ष्य राखेको छ । यसले मोन्स ल्याट्रेल नजिकको स्थान, चन्द्रमाको उत्तरपूर्वी नजिकको भागमा मारे क्रिसियममा रहेको एक ज्वालामुखी विशेषतालाई लक्ष्य गरेको छ । “ल्यान्डरले वास्तवमै राम्रोस...

नेपाल टेलिकमलाई सर्वोच्चको दुई बुँदे आदेश

नेपाल टेलिकमलाई सर्वोच्चको दुई बुँदे आदेश
काठमाडौँ, २२ पौष । सर्वोच्च अदालतले नेपाल टेलिकमको नाममा दुई बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ । सर्वोच्चले नेपाल टेलिकमले खरिद गर्न लागेको नयाँ बिलिङ सिस्टमका बारेमा परेको रिटमा फैसला सुनाउँदै कुनै पनि कम्पनीलाई ठेक्का दिँदा व्यक्तिको सूचनामा पहुँच नदिन र वैयक्तिक सूचनामा ख्याल गर्न भनेको हो । दुई बुँदे निर्देशन (क) निवेदकले रिट निवेदनमा बोलपत्र बमोजिमको खरिद गरिने बिलिङ प्रणालीमा प्रत्यर्थी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का सेवा ग्राहीहरूको मोबाइ...

सामाजिक सञ्जाल प्लाटफर्मलाई लाइसेन्स अनिवार्य गरिँदै

सामाजिक सञ्जाल प्लाटफर्मलाई लाइसेन्स अनिवार्य गरिँदै
काठमाडौँ, २० पौष । नेपालमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्थासहित सरकारले कानुन मस्यौदा बनाएको छ । फेसबुक, इन्स्टाग्राम, एक्स, ह्वाट्सएप, भाइबर, युट्युब, लिंक्डइनजस्ता अहिले सञ्चालनमा रहेका प्लाटफर्मले पनि उक्त कानुन लागू भएको तीन महिनाभित्र अनुमतिपत्र लिइसक्नुपर्ने मस्यौदामा उल्लेख छ । ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सरकारले सामाजिक ...

समाधान भयो फेसबुकमा मिति नदेखिने समस्या

समाधान भयो फेसबुकमा मिति नदेखिने समस्या
काठमाडौँ, २४ मंसिर । फेसबुकमा सोमबार देखिएको पोस्ट गरेको मिति नदेखिने समस्या समाधान भएको छ । कम्प्युटरमा क्रोम ब्राउजरबाट फेसबुक चलाउँदा कुनै पनि पोस्टको प्रकाशित मिति नदेखिने भएको थियो । त्यसको ठाउँमा क्लिक हुने कोडजस्तो लिंक देखिएको थियो । तर, समस्या देखिएको केही घण्टामै उक्त समस्या समाधान भएको हो । अहिले प्रकाशित मिति देखिन थालेको छ । कुनै पनि प्रयोगकर्ता वा पेजको पोस्टमा नामको मुनि प्रकाशित मिति (यति मिनटेअघि, घण्टाअघि वा मिति) देखिन्छ । सोमबार बिहानदेखि भने त्यस...