अन्तराष्ट्रिय

संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक : रुस र चीनद्वारा अमेरिकी आक्रमणको कडा निन्दा

संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक : रुस र चीनद्वारा अमेरिकी आक्रमणको कडा निन्दा
काठमाडौं । आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी)को आपतकालीन बैठक बसेको छ । बैठकमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले इरानको अवस्था र इजरायल–अमेरिकी आक्रमणबाट इरानमा भएको क्षतिको बारेमा देशहरूलाई जानकारी गराए । यता, अमेरिकाले इरानमाथि आक्रमण गर्ने आफ्नो कारबाहीलाई जायज भन्यो । अमेरिकाले इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने आफ्नो संकल्प दोहोर्‍यायो । अमेरिकाले इजरायलको पक्ष...

अमेरिकाले इरानमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिवले गरे चिन्ता व्यक्त

अमेरिकाले इरानमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिवले गरे चिन्ता व्यक्त
काठमाडौं । अमेरिकाले इरानको तीनवटा आणविक केन्द्रमा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चिन्ता व्यक्त गरेका छन् । उनले इरानविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीले त्यस क्षेत्रमा थप तनाव बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म आज इरानविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीप्रति गहिरो चिन्तित छु । यो कदमले उक्त क्षेत्रमा झनै तनाव बढाउन सक्छ, जुन पहिले नै अत्यन्त संवेदनशील अवस्थामा छ । र यसले अन्तर्राष्ट्र...

इजरायल र इरानबीचको युद्धमा होमियो अमेरिका, तीनवटा परमाणु केन्द्रमा बम बर्सायो

इजरायल र इरानबीचको युद्धमा होमियो अमेरिका, तीनवटा परमाणु केन्द्रमा बम बर्सायो
काठमाडौं । इजरायल र इरानबीचको युद्धमा अमेरिका पनि संलग्न भएको छ । अमेरिकाले इरानको फोर्दो लगायत तीनवटा पारमाणविक केन्द्रमा सफल बम आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् जानकारी दिएका छन् । ती दुई देशबीच युद्ध शुरु भएको दुई हप्ता नपुग्दै अमेरिकाले इजरायललाई सहयोग पुग्ने र इरानका सामरिक स्थलहरू नष्ट गर्ने गरी आक्रमण शुरु गरेको हो । इरानले शुक्रबार आफूले तेहरानमा आम्रकण ३ सैन्य कमाण्डर मारेको र तिनमा हमाससँग सम्पर्कमा रहेका ...

अमेरिकी आक्रमणपछि इरान आक्रोशित, के तेस्रो विश्वयुद्ध हुन्छ ?

अमेरिकी आक्रमणपछि इरान आक्रोशित, के तेस्रो विश्वयुद्ध हुन्छ ?
काठमाडौं । इजरायल र इरानबीचको जारी युद्ध आज १०औं दिन हो । दुवै देशले एकअर्कामाथि लगातार क्षेप्यास्त्र प्रहार गरिरहेका छन् । यसक्रममा अमेरिकाले पनि इरानविरुद्धको आक्रमणमा सामेल हुँदै इरानका ३ वटा आणविक स्थलहरू आक्रमण गर्‍यो । अमेरिकी वायुसेनाले इरानका तीन आणविक स्थलहरू फोर्डो, नातान्ज र इस्फहानमामा आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय अघि अमेरिकी वायुसेनाले इरानमा गरेको हवाई आक्रमणको बारेमा जानकारी दिएका थिए । ह्वाइट हाउसका अधिकारीका अनुसार इरान...

इरान–इजरायल युद्ध : इरान ७० घण्टादेखि इन्टरनेटविहीन

इरान–इजरायल युद्ध : इरान ७० घण्टादेखि इन्टरनेटविहीन
काठमाडौं । इरान र इजरायलबीचको जारी युद्धमा इरानले पछिल्लो ७० घण्टादेखि इन्टरनेट बन्द गरेको छ । इरानमा इन्टरनेट बन्द भएको ७० घण्टा भइसकेको र इन्टरनेट बन्द हुँदा घरमै बसेर इन्टरनेटमा काम गरेर जीविका चलाउनेहरु बढी प्रभावित भएका छन् । जसका कारण इरानी जनताले बाहिरी संसारसँग पनि सम्पर्क गर्न कठिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आजको संसारमा सबै कुरा अनलाइन भएकाले मानिसहरूले इन्टरनेट विना न त आफ्नो व्यक्तिगत काम गर्न सक्छन् न त आधिकारिक काम नै । इन्टरनेट वि...

नेपालमा एमसीसी निरन्तर रहने

नेपालमा एमसीसी निरन्तर रहने
काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा निरन्तर रहने भएको छ । गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला लागू गरिएको ९० दिने रोकमा एमसीसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसीसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिएका थिए । यस अपवादले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । ए...

इरानमाथि अमेरिका र बेलायतको सैन्य कारबाहीको तयारी : फोर्डो आणविक केन्द्र खतरामा

इरानमाथि अमेरिका र बेलायतको सैन्य कारबाहीको तयारी : फोर्डो आणविक केन्द्र खतरामा
एजेन्सी । इरान र इजरायलबीचको बढ्दो द्वन्द्वका माझ अमेरिकाले इरानमाथि सैन्य कारबाहीको तयारी गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा उच्चस्तरीय बैठक गरेपछि एक अमेरिकी अधिकारीले इरानको महत्वपूर्ण आणविक केन्द्रमा आक्रमणको सम्भावनाबारे बताएका छन् । यसैबीच, अमेरिका र बेलायतले मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति र तयारीलाई तीव्रता दिएका छन् । मंगलबार राति राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसको सिचुएशन रुममा इरान–इजरायल द्वन्द्व र यसको सम्भावित प्रभावबारे एक घण्टा २...

नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन

नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
काठमाडौँ । नेपाल, भारत तथा अन्य मित्र राष्ट्रहरूबीच युगौँदेखि रहँदै आएको पारस्परिक मैत्री, सद्भाव र सहकार्यलाई सामाजिक, सांस्कृतिक एवं विश्वव्यापी स्तरमा संस्थागत रूपमा विस्तार गर्ने लक्ष्यका साथ स्थापना गरिएको नेपाल–भारत मैत्री संघको दोस्रो महाधिवेशन राजधानी काठमाडौंमा सम्पन्न भएको छ। महाधिवेशनको उद्घाटन पूर्व उपराष्ट्रपति परमानन्द झाले गरेका थिए । कार्यक्रममा नेपालको राष्ट्रिय ध्वजासँगै छिमेकी राष्ट्र भारतको ध्वजा वाहक झण्डा समेत फहराइएको थियो भने दुबै देशका राष्ट्रगान घ...

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा जारी जी–७ सम्मेलनमा सबैलाई चकित पारेका छन् । वास्तवमा, उनी सम्मेलन जारी रहेकै बखतमा सम्मेलन छोडेर अमेरिका फर्किएका छन् । इरान र इजरायलबीचको तनाव उत्कर्षमा पुगेको बेला उनले यस्तो कदम चालेका हुन् । जी–७ शिखर सम्मेलनका क्रममा ट्रम्पले समूहको महत्वबारे पनि प्रश्न उठाएका थिए । उनले सन् २०१४ मा रुसलाई जी–७ बाट निष्कासन गर्नु गलत भएको बताउँदै उनले चीनलाई  जी ७ मा समावेश गर्नुपर्ने सुझाव पनि दिए।

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु बिमान ध्वस्त

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु बिमान ध्वस्त
काठमाडौं । इजरायल र इरानबीच दोस्रो दिनसम्म पनि भिडन्त जारी रहयो ।  इरानमा पछिल्लो दुई दिनमा १३८ जनाको मृत्यु भएको जनाइएको छ । इजरायलले शुक्रबार राति १०ः३० बजे इरानको आणविक स्थलमा दोस्रो पटक लडाकु विमानबाट आक्रमण गरेको थियो । यस आक्रमणमा ६० जनाको मृत्यु भएको थियो जबकी सो घटनामा परी ३५० भन्दा बढी घाइते भएको जनाइएको छ । यसअघि इरानमा शुक्रबार बिहान ५ः३० बजे भएको आक्रमणमा ७८ जनाको मृत्यु भएको थियो । जसमा ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी सैन्य कमाण्डरहरू पनि सामेल थिए। जवा...