मन्त्रिपरिषद पुनर्गठनको तयारी, एक वर्ष पूरा गरेका अधिकांश मन्त्रीलाई बिदा गरिने
काठमाडौं । कांग्रेस र एमाले गठबन्धनको एक वर्ष पुग्न लाग्दा मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट फर्किएपछि यसले पूर्णता पाउने स्रोतले बतायो । स्रोतका अनुसार केही मन्त्रीलाई निरन्तरता दिएर नयाँ अनुहार ल्याउने तयारी भइरहेको छ । प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर दुवै दलले मन्त्री हेरफेर गर्ने छन् ।
गठबन्धनको समझदारी अनुसार पनि पालो पुर्याउने दबाबसमेत रहेकाले एक वर्षे रोटेशनबाट मन्त्...








