काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिर मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।
बुधबार मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको हो ।
सिंहदरबार घेराउ गर्ने योजनासहित उनीहरू माइतीघर पुगेका थिए। तर प्रहरीले प्रदर्शनकारीलाई माइतीघरमै रोकेको हो ।
मुक्कुमलुङमा पाथीभरा निर्माण गर्न दिन नहुने उनीहरूको माग छ ।
सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता समिति पनि गठन गरेको छ । तर उक्त वार्ता पनि हुन सकेको छैन ।
संवाददाता










