काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी ईपीजी प्रतिवेदन बुझ्न नमिल्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैँ उनले पहिला भारतले बुझेपछि मात्रै नेपालले बुझ्ने भनी प्रबुद्ध वर्गले प्रतिवेदनमा उल्लेख गरेकाले नेपालले पहिले नबुझ्ने बताएका हुन् ।
‘ईपीजीको प्रतिवदनमा नै पहिला भारतले बुझ्ने, त्यसपछि नेपालले बुझ्ने भनेर उल्लेख गरिएकाले पहिला नेपालले बुझ्न मिल्दैन’, उनले भने, ‘त्यसमाथि कुटनीति जस्तो संवेदनशील विषयमा दुवै देशले मिलेर काम गर्नुपर्ने भएकाले दुवैको सहमति हुन जरूरी छ ।’
संवाददाता










