अनलाइनखबरसँग कुरा गर्दै आनीले चाँडै यो गीतको रेकर्ड हिन्दीमा हुने बताइन् । गीतको नेपाली संस्करणमा चाहिँ दुर्गालाल श्रेष्ठको शब्द, न्यूह बज्राचार्यको संगीत, गोपाल रसाइलीको एरेन्ज र आनीको स्वर छ ।
हिन्दीमा आनीले गाउने भएपनि संगीत कम्पोज कसले गर्ने भन्ने निधो भैसकेको छैन । ‘न्यूहजीकै संगीतमा कम्पोज गर्ने कि नयाँ कम्पोजर लिने भन्ने कुरा निधो भैसकेको छैन’ आनीले भनिन् ।
उनले हिन्दी संस्करणको गीत चाँडै रेकर्ड हुने बताइन् । मुम्बईमा आयोजित कन्सर्टमा आनीको भेट गुलजारसँग भएको थियो । कोभिडको त्यो समयमा आनीले गुलजारलाई गीत दिएकी थिइन् । पछिल्लोपटक मुम्बईमा जाँदा गुलजारसँग आनी र फिल्ममेकर मीनबहादुर भाम लगायतको भेट भएको थियो ।
संवाददाता










