काठमाडौं : एमालेले गणतन्त्रको पक्षमा देशभर आज जागरण सभा र र्‍याली गर्दैछ। एमालेले सबै जिल्ला र सदरमुकाम पनि ऱ्याली र सभा गर्न सर्कूलर गर्न जारी भएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए।

केन्द्रले निर्देशन जारी गरेपछि लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गर्न जिल्ला-जिल्लामा, सदरमुकाममा सभा र र्‍याली गर्न लागिएको एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए।

उनले भने,  ‘यो प्रतिगमन विरुद्धको र्‍याली हो । गणतन्त्रको पक्षको यो अभियान चलिरहनेछ। सबै पार्टीहरु र नागरिक समाजलाई लोकतन्त्रको पक्षमा र पश्चगमनको दुष्प्रयासका विरुद्ध गोलबन्द बनौं।’
यता काठमाडौं उपत्यकामा भने संयुक्त रुपमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ। दिँउसो ४ बजे तिनकुनेमा मोटरसाइकल र्‍याली सुरु हुँदैछ। एमालेले आफू अनुकूल ठाउँमा सहभागी बन्न आग्रह गरेको छ।