काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइराला प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आज नेकपा एकीकृत समाजवादी कार्यालयमा पुगेर कोइरालाप्रति श्रद्वाञ्जली अर्पण गरेका हुन् ।

प्रधानमन्त्री ओली पहिलो पटक एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका हुन् । त्यसक्रममा उनले पार्टी कार्यालयको अवलोकन पनि गरेका थिए ।

प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूसँग कुराकानी पनि गरेका थिए ।