काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान दुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरिरमा एक थोपा रगत भएसम्म पछि नहट्ने बताए । उनले भने,‘सरकारले सक्नेजति जोड बल लगाएको छ ।

केही नभएको भएत्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन् । तीमिहरुको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जित हो। शरिरमा एक थोपा रगतहुनजेसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु । चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाऊ, ज्यानमार्नु छ मार,मैले व्यक्तिगत जीवनको लागि कहिल्यै केही मागेको छैन । म राजनीतिमा हुन्नथे भने यो दुख खेप्नुपर्ने पनि थिए। लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन ।’

त्यस्तै, उनले सरकारको आफूमाथिको षड्यन्त्रको शिलशिलाअझै नसकिएको भन्दै कुनै दिनपनिहार नमानेको र मान्नेवाला पनि नरहेको जिकिर गरे । जतिसुकै आक्षेप लागेपनिजुनसुकै तराजुमा बसेर आफूलाई तौलन तयार भएर बसेको उनले बताए । उनले भने,‘सरकारको षड्यन्त्रको यो शिलशिलाअझै सकिएको छैन, तर कुनै दिन पनि हार मानेको थिइन, कहिल्यै हार मान्ने वाला पनि छैन् । जुनसुकै समस्याको पनि समाधान गर्छु भनेर राजनीतिको मैदानमा आएको मान्छे हुँ । जतिसुकै आक्षेप लागोस् । जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु ।’