काठमाडौं । मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री दीपक बोहराको शव श्रद्धाञ्जलीका लागि बालुवाटारस्थित घरमा राखिएको छ ।
सिद्धार्थनगर नगरपालिका-३ का बासिन्दा बोहराको पार्थिव शरीर हेलिकप्टरमार्फत् मंगलबार मध्यान्न गृहनगर भैरहवा ल्याएर फेरि काठमाडौं फर्काइएपछि आज अन्तिम संस्कार गर्न लागिएको हो ।
अन्तिम संस्कार गर्नुअघि उनको शव निवासमै श्रद्वाञ्जलीका लागि राखिएको हो ।
संवाददाता










