काठमाडौं । सहकारी ठगीमा संलग्न व्यक्तिहरूको सम्पत्ति जफत गर्न माग गर्दै सहकारी पीडितहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।

बिहीबार दिउँसो सहकारी पीडितहरूले काठमाडौंको शान्तिबाटिकादेखि बालुवाटारसम्म र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा सहकारी पीडितहरूले ब्यानर, नारासहित प्रदर्शन गर्दै वालुवाटरसम्‍म पुगेका हुन् ।

उनीहरूले प्रहरीले राखेको ‘ब्यारिकेट’ तोड्न खोजेका थिए । यसक्रममा केही सहकारी पीडितको हातमा चोट लागेको छ ।

उनीहरूले सहकारी तथा लघुवित्त संस्थाको खारेजी, ऋण मिनाहा गर्नु पर्ने भन्‍दै माग राखेका छन् ।