काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादी आन्दोलनको क्रममा अगुवाहरूले भिडलाई उत्तेजित बनाएको बताएका छन् । राज्य व्यवस्था समितिमा त्यस दिनको घटनाबारे जवाफ दिँदै उनले निषेधित क्षेत्र तोड्दै संसद भवन छिर्न उक्साउने, घरमा मान्छे भनेर थाहा हुँदै गर्दा आगो लगाउने, दमकललाई छेक्ने, पार्टी कार्यालय र नेताको घर तोडफोड गर्ने र ढुंगा हान्नेसम्मका काम भएको बताए ।
लेखकले भने, ‘संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो, जस्तो आपराधिक गतिविधि भए, त्यसरी नै सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने थियो । अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएका थिए भन्नेमा स्पष्ट छु ।
नजिकै एयरपोर्ट छ, त्यहाँ आगजनी गर्ने काम भएको छ, नजिकै विदेशी जहाज छन्, त्यत्रो ठूलो तेलको भण्डारण छ । नजिकै प्रज्वलनशील पदार्थ थियो । यदि त्यहाँ आगो टिपेको भए काठमाडौंको अवस्था भयावह हुने थियो । त्यसरी नै लोकतन्त्रलाई जीवन्त राख्न सक्छौं । उनले हिंसात्मक गतिविधिलाई लुकाउन मञ्चमा टियर ग्यास फालिएको भन्दै गलत प्रचार गरिएको जिकिर गरे ।
संवाददाता










