काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनको कमान्डर तोक्दा ध्यान नपुगेको स्वीकारेका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राजवादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई तोकेर गलत गरिएको बताएका हुन् ।

त्यस्तै उनले राजतन्त्रलाई ुभूतु भनिएको भन्दै आपत्ति जनाए । राजालाई किन भूत देख्नुहुन्छरु मेरो छोराछोरीलाई पनि म नमरेसम्म विरोध नगर भन्ने मान्छे हो। दुर्गा प्रसााईंलाई कमान्डर तोक्ने गतल कुरा हो, हुन सक्दैन,ु सांसद तामाङले भने, २०१७ सालको जस्तो राजतन्त्रको कुरा बोल्ने बौलाहा हो ।

नेपालको संविधान गीता, बाइबल र त्रिपिटकजस्तो नभएकाले संशोधन गर्न सकिने उनको भनाइ छ । सांसद तामाङले आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीलाई थुनामा राखिएकोमा आपत्तिसमेत जनाए । बैठकमा गृहमन्त्री रमेश लेखक उपस्थित थिए।

उनले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनबारे समितिलाई जानकारी गराएका थिए । राजावादीको हिंसात्मक प्रदर्शनमा दुईजनाको मृत्यु भएको थियो । भीडलाई उक्साएको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशम्शेर राणालाई पक्राउ गरी थुनामा राखेको छ ।