काठमाडौं । काठमाडौंमा आन्दोलनरत शिक्षकहरू आज सिठ्ठी बजाउँदै सडकमा निस्किएका छन् ।

विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज सरकारको ध्यानाकर्षण गराउन विरोध स्वरुप र्‍यालीको क्रममा सिठ्ठी बजाउँदै आन्दोलन गरेका हुन् ।

शिक्षकहरूले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा नै गरेका छन् ।