काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही चैत २९ गते हुने निर्वाचनका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
२१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुनेछ । संघमा यसपटक दुई प्यानल सार्वजनिक भएका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
संघको नेतृत्वका लागि नरेश गेलाल र भुवनसिंह गुरुङले प्यानलसहित उम्मेदवारी दिएका छन् ।
नरेश गेलाल नेतृत्वको प्यानल
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलमा संयुक्त व्यवसायी समूहबाट अध्यक्षमा संघका पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष एचआर इन्टरनेशनल सर्भिस प्रालिका सञ्चालक नरेश गेलालले उम्मेदवारी दिएका छन् ।
यी हुन् गेलाल प्यानलका उम्मेदवार
प्रथम उपाध्यक्षः सुजितकुमार श्रेष्ठ (एलायन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक एवं संघका पूर्वमहासचिव)
द्वितीय उपाध्यक्षः मधुकर रिजाल (इम्प्लोइमेन्ट लिंक नेपाल प्रालि)
तृतीय उपाध्यक्षः बैकुण्ठ पौडेल वैभव (न्यू अल्फा एचआर प्रालि)
महासचिवः कर्णराज कटुवाल (डाइनामिक स्टाफिङ सोलुसन प्रालि)
सचिवः अनिल बोगटी (कन्फिडेन्ट इन्टरनेशनल मेनपावर प्रालिका सञ्चालक)
कोषाध्यक्षः धनु सिजाली (कालिञ्चोक एचआर प्रालिकी सञ्चालक)
यसैगरी, यसै प्यानलबाट सदस्यहरूमा देउमान नेम्वाङ, राजेन्द्र बस्नेत, चन्द्र लिम्बू, हिमा गुरुङ, रमा खड्का, दिनेश बस्नेत, कामेश्वर साह राहुल, छत्र बस्नेत, युवराज देवकोटा, र राजेश यादवले उम्मेदवारी दिएका छन् ।
भुवनसिंह गुरुङ नेतृत्वको प्यानल
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलमा बनेको प्यानलबाट अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक भुवनसिंह गुरुङले उम्मेदवारी दिएका छन् ।
यी हुन् गुरुङ प्यानलका उम्मेदवार
प्रथम उपाध्यक्षः नरेन्द्रप्रसाद ढकाल (नोकरी नेपाल प्रालिका सञ्चालक)
द्वितीय उपाध्यक्षः देवकुमार खोखाली (अलर्ट ओभरसिज प्रालिका सञ्चालक)
तृतीय उपाध्यक्षः हर्कबहादुर लिम्बू (इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रालिका सञ्चालक)
महासचिवः महेशकुमार बस्नेत (ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सञ्चालक)
सचिवः कुन्छा दोर्जे दिमदोङ (आकृति रिक्रुटिङ प्रालिका सञ्चालक)
कोषाध्यक्षः विक्रम श्रेष्ठ (शुभ हारती मेनपावर प्रालिका सञ्चालक)
यसैगरी, यसै प्यानलबाट सदस्यहरूमा राज लामा तामाङ, विद्यालक्ष्मी बज्राचार्य, देवीप्रसाद गिरी, दीपककुमार राय, सुवर्ण लामा, सुमनराज पाण्डे, कैलाश पाठक, गीता राउत, भरत सापकोटा, रेखा शर्मा, र कृष्ण ढकालले उम्मेदवारी दिएका छन् ।
यसैगरी, व्यवसायी ईश्वर सापकोटाले सचिव र अख्तर हुसेनले प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । अहिले स्वतन्त्र उम्मेदवारसहित दुवै प्यानल आ–आफ्नो निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । दुवै समूहले आफ्नो प्यानललाई जिताउन आग्रह गर्दै मत मागिरहेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि ९०३ प्रतिनिधि दर्ता भएका छन् । संघको प्रतिनिधि व्यवस्थापन समितिका संयोजक तथा द्वितीय उपाध्यक्ष सञ्जु गुरुङले शुक्रबार कार्यालय समयभित्र माइन्युट र अन्य कागजपत्रसहित लेबी बुझाएका ९०३ प्रतिनिधिको नाम टुंगो लगाइएको जानकारी दिए । यो संख्या गत वर्षभन्दा २०० भन्दा बढी रहेको पनि उनले जानकारी दिए । सबै म्यानपावर कम्पनी कार्यालयमा सम्पर्क गरी संघमा प्रतिनिधि पठाउनुपर्ने विषयमा कतिपयलाई रहेको अन्योल अन्त्य गरेपछि संघमा प्रतिनिधिको संख्या बढेको उनको भनाइ छ ।
संवाददाता










