काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार १८३० कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।