काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेकाे छ ।
बल्खुमा सभा हुँदैछ । राप्रपाले भृकुटीमण्डपमा सभा गर्न अनुमति मागे पनि शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरूको जारी प्रदर्शनका कारण उसलाई बल्खुको स्थान तोकिएको हो ।
संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेकाे छ ।
संवाददाता










