काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

बुधबार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरूले आयोगमा पुगेर ध्यानाकर्षण गराएका हुन् ।

लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।