काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा.विजय प्रसाद मिश्र विजयी भएका छन् । नेपालबार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमिति निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्दै मिश्र विजयीभएको घोषणा गरिएको हो ।

बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डा. मिश्र विजयी भएका हुन् । उनी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पराजितगर्दै अध्यक्ष बनेका हुन् । महासचिवमा पनि डा.मिश्रको समूहमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जितेका छन् ।

मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरौलाका अनुसार मिश्रले ५०५२ र कोइरालाले ५०८७ मत प्राप्त गरेका हुन् ।
मिश्रका निकटतम प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता श्रेष्ठले २६२१ र कोइरालाका निकटतम प्रतिस्पर्धी अधिवक्ता यज्ञमणि न्यौपानेले २३६७ मत प्राप्त गरेका छन् ।