झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका अंगरक्षक दिपक खड्का पक्राउ परेको विषयमा नेपाल प्रहरीले बल्ल मुख खोलेको छ ।
प्रहरी प्रवक्ता दिपक आचार्यद्वारा जारी विज्ञप्तिमा झापाको सीमावर्ती इलाकाबाट प्रसाईं र खड्कालाई पक्राउ गरिएको जनाइएको छ ।
बिहीबार साँझ नै प्रसाईं भारतको आसाममा भारतीय प्रहरीको नियन्त्रणमा परिसकेका थिए ।
भारतीय प्रहरीले सीमावर्ती काँकरभिट्टामा नेपाल प्रहरीको जिम्मा लगाइँदासम्म नेपाली प्रहरीले ‘दुर्गा प्रसाईं पक्राउ परेको कुरा हल्ला मात्रै’ बताउँदै आएको थियो ।
गत चैत १५ गतेको तीनकुने घटनापछि प्रसाईं फरार रहेका थिए।
संवाददाता










