काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।

जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर ऐतिहासिक मूल्य कायम भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार झैँ आज पनि चाँदी प्रति तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।