काठमाडौं । २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणले केही बैंकको वाहेक अधिकांश वाणिज्यको बैैंकको नाफा बृद्धि रहेको देखाएको हो । ९ महिनामा बैंकहरुले नाफा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । बैंकहरुले गरेको यो नाफा गत आर्थिक वर्ष २०८०र८१ को तुलनामा १।४० प्रतिशतले बढी रहेको देखिन्छ ।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । सर्वाधिक नाफा आर्जन गर्ने पहिलो नम्बरमा नबिल बैंक रहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकको नाफा ८।२१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६६ करोड नाफा कमाएको थियो ।

दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३८।६१ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँ, तेस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको ३७।१२ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड र चौथो नम्बरमा रहेको एभरेष्ट बैंकको ३२।५५ प्रतिशतले बढेर ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । सर्वाधिक नाफा कमाउने नेपाल बैंक धेरै नाफा रहेको बैंकमा समेत पाँचौं नम्बरमा रहेको छ । यस अवधिमा बैंकको नाफा २०।३२ प्रतिशतले बढेर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्मको अवधिमा एनएमबि बैंकको ५।८८ प्रतिशतले नाफा वृद्धि भई २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ पुगेको छ । प्राइम बैंकको नाफा भने ओरालो लागेको छ । बैंकको नाफा २२।५६ प्रतिशतले घटेर २ अर्ब २२ करोड रुपैयाँ आइपुगेको हो । साथै स्टान्डर्ड चार्टड बैंकको ११।१७ प्रतिशतले घटेर २ अर्ब १७ करोड रुपैयाँ नाफा पुगेको छ ।

कृषि विकास बैंकको नाफा १०।१७ प्रतिशतले घटेर १ अर्ब ८४ करोड, सिद्धार्थ बैंकको०।९४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड, सानिमा बैंकको १४।८० प्रतिशतले बढेर १ अर्ब ६५ करोड, लक्ष्मी सनराइज बैंकको २।२४ प्रतिशतले बढेर १ अर्ब ६५ करोड र राष्ट्रिय वाणिज्य बैंकको ४९।२९ प्रतिशतले घटेर १ अर्ब २० करोड पुगेको छ ।

साथै, नेपाल एसबिआई बैंकको १ अर्ब २० करोड, माछापुच्छ्रे बैंकको १ अर्ब १० करोड, सिटिजन्स बैंकको ९६ करोड १८ लाख, हिमालयन बैंकको ५० करोड, कुमारी बैंकको २८ करोड र एनआईसी एशिया बैंकको १५ करोड रुपैयाँ नाफा रहेको छ । समिक्षा अवधिमा प्रभु बैंकको ३।५१ प्रतिशतले नाफा बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।