काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको हो ।
यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सबैभन्दा बढी बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो ।
आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो। आज एकैदिन १२ सय रुपैयाँले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १९ सय ६० रुपैयाँ कायम भएकोमा सोमबार पनि सोही मूल्य कायम भएको महासंघको भनाइ छ ।
संवाददाता










