काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक आज साँझ ५ बजे बस्न लागेको हो। बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी छ ।
शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव लैजाने गरी तयारी गरेको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २० दिनदेखि शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरिरहेका छन् ।
त्यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे भने गृहकार्य भइसकेको छैन। सिफारिस समितिले तीन जनाको नाम पठाएपछि मात्रै मन्त्रिपरिषद्ले त्यसमा निर्णय गर्नेछ ।
अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको तीन जनाको समितिले अहिलेसम्म सिफारिस गर्न सकेको छैन । चैत २५ गतेदेखि गभर्नर पद रिक्त छ ।
संवाददाता










